Monday, April 9, 2012

बसिबियालो हुने, बाल बगैचा निस्किने

बसिबियालो हुने 
आगामी बसिबियालो माया परिवारको घरपतित्वमा शनिबार १४ अप्रेलको दिन स्थानीय महकुमा पुस्तकालयमा सम्पन्न हुनेछा ठिक १ बजीदेखी. उक्त कार्यक्रममा सबै साहित्यिक बन्धु बान्धवहरूलाई उपस्थित भइदिने अनुरोध आयोजना समितिको तर्फबाट मुन्नु गौतमले गरेकी छिन.

बाल बगैचा मै महीनामा निस्किने 
स्वर्गीय खिरोदा खड्काले आफ्नो जीवनकालमा सुरु गरेको नेपाली बाल पत्रिका बाल बगैचाको नया अंक आगामी मई महीनामा प्रकाशित हुने जानकारी दिंदै सम्पादिका स्वस्तिका छेत्रीले जानकारी दिएकी छिन. उनले यो जानकारी दिंदै विशेष गरि विभिन्न स्कूलका शिक्षक-शिक्षिकाहरूलाई आग्रह गर्दै विद्यार्थीहरूलाई उक्त पत्रिकामा सिर्जनात्मक रचनाहरू लेख्ने अभ्यास गरिदिने अरुरोध गरेकिछिन्. सो पत्रिकामा रचना आगामी ३० अप्रेलभित्र निम्नलिखित ठेगानामा पठाइदिने उनले निवेदन गरेकी छिन्. ठेगाना - मार्फत् चरित्र प्रकाशन, कोदाक बिल्डिंग, थाना दारा, कालिम्पोंग. रचनासित  सुहाउँदो फोटो अनि लेखकको फोटो पनि हुन जरुरी छ.

No comments:

Post a Comment