Monday, October 15, 2012

बाल बगैचा पत्रिकाको बिमोचन सम्पन्न 

कालेबुंगको महाकुमा पुस्ताकलायमा बाल बगैचा सामयिक पत्रिकाको बिमोचन 6 अक्तोबरको दिन सम्पन्न भयो। नेपाली साहित्यमा अवहेलनाको शिकार बनेको बाल-साहित्य विधामा आफ्नो अंतिम सास रहून्जेल कलम चलाउने अथक साहित्यकार स्व खिरोदा खडका संस्थापक संपादक रहेको सामयिक बाल-पत्रिका बाल बगैचा -को बाह्रौ अंक गांतोकबाट आएका बाल साहित्यकार एवं बाल दर्पण पत्रिकाका सम्पादक भीम प्रधान मुख्य अतिथिको बाहुली बाट गरियो।यस औसरमा अन्य अतिथिहरू थिए सानुमती राई , बी आर छेत्री, समशेर अली, ज्ञान सुतार आदि।
कार्यक्रममा भेला भएका अतिथिहरू  - फोटो डिम्पी भुजेल 
कार्यक्रममा दक्षिण सिक्किमस्थित नाम्थांग उच्च विद्यालयका छात्राहरू सुष्मिता छेत्री र निशी गुरुंग, सुम्बुक उच्च विद्यायलाय छात्राहरू प्रिया राई र रोजा राई अनि सप्तश्री ज्ञानपीठ, कालेबुंग छात्र यूवराज निरौला आदि बाल रच्नाकारहरूले स्वरचित कविताहरू पाठ गरेर सबैलाई  मंत्रमुग्ध पारे। यस औसर्मा टाडा टाडा बात आएका बाल्सर्जखारूलाई चरित्र प्रकाशन अणि बाल-बगीचा पत्रिकाको तर्फबाट उपहार गुच्छा पानी प्रदान गरिएको थियो।
चरित्र प्रकाशनको विशेष सहयोगमा सम्पन्न कार्यक्रमलाई संबोधन गर्दै मुख्य अतिथि भीम प्रधानले नेपाली बाल-साहित्यामाथि रोचक वक्तव्य पेश गरे। कार्यक्रमको शुरुमा स्वागत मंतव्य स्व खिरोदा खडका स्मारक गुठीको पक्षमा बाल बगैचाकी संपादक स्वस्तिका छेत्रीले गरेकी थिइन भने लेखक हीरा छेत्रीले धन्यबाद ज्ञापन गरेका थिए। संपूर्ण कार्यक्रमको सञ्चालन युवा लेखिका चन्द्रकला शिलालले गरेकी थिइन। यस औसरमा विशेष रूपले स्व खड़की बहिनी भूटाननिवासी श्रीमती शांति कार्कीको पनि उपस्थिति रहेको थियो। यसरी नै कार्यक्रममा साहित्य अकादमी पुरस्कारले सम्मानित लेखिका विन्दया सुब्बा, स्थानीय कथाकार समशेर अली, टी एन सुबेदी आदिसहित सिक्किम नाम्थांग उच्चतर विद्यालाय शिक्षक विजय नारायण प्रधान अनि सुम्बुक उच्च विद्यालय शिक्षक देवराज शर्मा आदिको उपस्थितिले बाल सर्जकहरूलाई प्रोत्साहन प्रदान गरेको थियो। अतिथिहरूको बाहुलिद्वारा पत्रिकाको बाह्रौ अंकको विमोचन हुनअधि स्व खडकाको तस्वीरमा अतिथिहरूले श्रद्धार्पण गरे।

No comments:

Post a Comment