Saturday, October 27, 2012


बसिबियालो को 111- औ प्रकरण सम्पन्न 

लीला जोशी अनि अरुण प्रधान सम्बोधन गर्दै 
गत शनिबारका दिन कालेबुंग को महकुमा पुस्तकालयमा मासिक साहित्यिक विचार गोष्ठी लीला जोशी अनि अरुण प्रधानको घरपतित्वमा सफलतापूर्वक सम्पन्न भयो। दक्षिण सिक्किमबाट आएका साहित्यकार एल बी बस्नेत जोर्थान्गेको विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा स्थानीय लगायत अन्य बिचार प्रेमीहरुले स्वरचित रचनाहरु पाठ गरे भने युवा साहित्यिक हीरा छेत्रीले नेपाली अनि हिन्दी साहित्यमा स्वर्गीय गोपाल सिंह नेपालीको योगदानको चर्चा चलाएर कतिपय नया बिषयको उठान गरे। कर्मक्रममा आगामी बसिबियालो मदना ओझा अनि राधिका काफ्लेको आयोजनामा सम्पन्न हुने जानकारी गराइयो। सो दिनको बसिबियालोमा  बरिष्ठ साहित्यकार बी के शिलाल , समशेर अलि, ज्ञान सुतार, सनुमति राई , बी आर राई चामलिंग, अरुण कुमार रसाइली, सुदेश खाती, स्यांग देन  आदि उपस्थित थिए। 

No comments:

Post a Comment