Sunday, September 30, 2012
Monday, September 17, 2012
कालेबुंगमा सम्पूर्णा राई को स्मृति मा पत्रिका को विमोचन
कार्यक्रममा उपस्थित साहित्यिक वर्ग - फोटो अरुण रसाइली |
यहाँ को नेपाली साहित्य अध्ययन समितिको भाइचंद प्रधान सभागृह मा गत शानिबारको दिन स्वर्गीय सम्पूर्णा राई को स्मृति मा प्रकाशित समितिको मुखपत्र साहित्य संकेतको विशेष अन्काको विमोचन सम्पन्न भयो। यस अवसरमा मुख्य अतिथिका रुपमा वरिष्ठ साहित्यकार कुमार प्रधान उपस्थित रहेका थिए . यसरी नै अन्य उपस्थित वर्गमा मुख्य रुपमा थिए सनुमती राई, विन्द्या सुब्बा, ज्ञान सुतार, समशेर अली, हीरा छेत्री, टी एन सुबेदी, समशेर छेत्री, संजय विष्ट, सुधीर छेत्री, अरुण रसीली, भुवन खनाल आदि। स्वर्गीय राई का पति नर प्रसाद राई ले समितिले गरेको कार्यप्रति हार्दिक कृतज्ञता प्रकट गरे। कार्यक्रमको सञ्चालन समितिका मूल सचिव बलभद्र शर्मा ले गरेका थिए भने संजय विष्ट अनि सुधीर छेत्रिले संपूर्ण राई माथि गहकिलो वक्तब्य प्रस्तुत गरेका थिए।
Tuesday, September 11, 2012
GOPALSINGH NEPALI REMEMBERED IN BASIBIYALO
बसिबियालो को 111- औ प्रकरण सम्पन्न
लीला जोशी अनि अरुण प्रधान सम्बोधन गर्दै |
गत शनिबारका दिन कालेबुंग को महकुमा पुस्तकालयमा मासिक साहित्यिक विचार गोष्ठी लीला जोशी अनि अरुण प्रधानको घरपतित्वमा सफलतापूर्वक सम्पन्न भयो। दक्षिण सिक्किमबाट आएका साहित्यकार एल बी बस्नेत जोर्थान्गेको विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा स्थानीय लगायत अन्य बिचार प्रेमीहरुले स्वरचित रचनाहरु पाठ गरे भने युवा साहित्यिक हीरा छेत्रीले नेपाली अनि हिन्दी साहित्यमा स्वर्गीय गोपाल सिंह नेपालीको योगदानको चर्चा चलाएर कतिपय नया बिषयको उठान गरे। कर्मक्रममा आगामी बसिबियालो मदना ओझा अनि राधिका काफ्लेको आयोजनामा सम्पन्न हुने जानकारी गराइयो। सो दिनको बसिबियालोमा बरिष्ठ साहित्यकार बी के शिलाल , समशेर अलि, ज्ञान सुतार, सनुमति राई , बी आर राई चामलिंग, अरुण कुमार रसाइली, सुदेश खाती, स्यांग देन आदि उपस्थित थिए।
Subscribe to:
Posts (Atom)