Monday, September 17, 2012

कालेबुंगमा सम्पूर्णा राई को स्मृति मा पत्रिका को विमोचन


कार्यक्रममा उपस्थित साहित्यिक वर्ग - फोटो अरुण रसाइली 



यहाँ को नेपाली साहित्य अध्ययन समितिको भाइचंद प्रधान सभागृह मा गत शानिबारको दिन स्वर्गीय सम्पूर्णा राई को स्मृति मा प्रकाशित समितिको मुखपत्र साहित्य संकेतको विशेष अन्काको विमोचन सम्पन्न भयो। यस अवसरमा मुख्य अतिथिका रुपमा वरिष्ठ साहित्यकार कुमार प्रधान उपस्थित रहेका थिए . यसरी नै अन्य उपस्थित वर्गमा मुख्य रुपमा थिए सनुमती राई, विन्द्या सुब्बा, ज्ञान सुतार, समशेर अली, हीरा छेत्री, टी एन सुबेदी, समशेर छेत्री, संजय विष्ट, सुधीर छेत्री, अरुण रसीली, भुवन खनाल आदि। स्वर्गीय राई का पति नर प्रसाद राई ले समितिले गरेको कार्यप्रति हार्दिक कृतज्ञता प्रकट गरे। कार्यक्रमको सञ्चालन समितिका मूल सचिव बलभद्र शर्मा ले गरेका थिए भने संजय विष्ट अनि सुधीर छेत्रिले संपूर्ण राई माथि गहकिलो वक्तब्य प्रस्तुत गरेका थिए। 

No comments:

Post a Comment