Monday, March 30, 2015


गुवाहटीमा आयोजित बसिबियाँलो-को 137 औँ प्रकरणमा.......

Thursday, December 4, 2014

बसिबियाँलो परिवारले चरित्र प्रकाशन अनि कालिम्पोङ टेलिभिजनसित मिलेर शहीद दुर्गा मल्लमाथि निर्मित फिल्मको प्रदर्शनी विभिन्न स्कुलतिर गर्ने भएको छ। यसो गरेर आफ्ना जातीय शहीदहरूबारे छात्रछात्रालाई जाग्रत गराउने ध्येय राखेको बसिबियाँलोलाई सबैले सहयोग पुऱ्याउनेहुने आशा राखेका छौं....।

Saturday, May 10, 2014

डा. हर्कबहादुर छेत्रीको पुस्तक लोकार्पित

129 औँ बसिबियाँलोको औसरमा कृतिका प्रकाशनको घरपटित्वमा चरित्र प्रकाशनको सहयोगमा आयोजित कार्यक्रममा विमोचन भएको डा. हर्कबहादुर छेत्रीको लेखसङ्ग्रह परिधिभित्र।
मोल रु. 200
पन्ना - 322
आकार - डिमाई
प्राप्तिस्थान - चरित्र प्रकाशन, कालेबुङ।
सम्पर्क 03552-255599

Saturday, May 3, 2014

आगामी बसिबियाँलो 10 मई दोस्रो शनिबारका दिन स्थानीय हिमालयन हुटेलमा दिउँसोको 1 बजीदेखि सुरू हुनेछ। बसिबियाँलोका सबै सहभागीहरूलाई हार्दिक निम्तो छ। धन्यबाद.

बसिबियाँलोका पुराना तस्वीरहरू.

गान्तोकमा सम्पन्न बसिबियाँलोमा आफ्नो विचार राख्दै हीरा छेत्री.
छेउमा बसेका - स्व. गङ्गा कप्तान, स्व. एन. बी. तिवारी, अरुण प्रकाश राई,
बुद्धिमान प्रधान बमप अनि विजय बान्तवा
टिस्टा (त्रिवेणी) मा सम्पन्न बसिबियाँलो

गान्तोकमा सम्पन्न पुरानो बसिबियाँलोमा

कालेबुङको फरेस्ट म्युजियनमा सम्पन्न बसिबियाँलो


Friday, January 31, 2014

मुम्बईमा गत ११ अनि १२ जनवरीका दिन आयोजित गोर्खा मेला र बसिबियाँलोको १२५ औँ प्रकरणका विशेष तस्वीरहरू....
.

 फोटो नम्बर एक - कालेबुङ, खरसाङ, सिक्किम, सिलगड़ी, मुम्बई र डुअर्सबाट भेला भएका बसिबियाँलोका साथीहरू

फोटो नम्बर दुइ - बसिबियाँलोका साथीहरू सबैजना प्रफुल्ल मुद्रामा मिरा रोडस्थित सेक्टर ६ मा।

फोटो नम्बर तीन - आयोजना समिति अथवा सुनखरी नेपाली महिला समाजका सदस्याहरू स्वागत गान प्रस्तुत गर्ने तरखरमा।

कालेबुङमा लगातार चलेर आइरहेको बसिबियाँलो मासिक गोष्ठीको १२५ औँ प्रकरण जनवरी १२ तारिख मुम्बईको मिरा रोडस्थित त्रिवेदी हलमा सम्पन्न भयो। यसै उपलक्ष्यमा बसिबियाँलो टोलीले त्यसै हलमा ११ र १२ तारिखका दिन गोर्खामेलाको पनि आयोजना गरेको थियो। गोर्खा मेलाको उद्घाटन स्थानीय नगरनिगमका पूर्व मेयर नरेन्द्र मेहताले गरेका थिए भने विशिष्ट अतिथिका रुपमा कर्णाटक केन्द्रिय विश्वविद्यालयका अँग्रेजी विभागप्रमुख डा. डोनुर उपस्थित थिए। यस औसरमा मुम्बईमा रहेर आइरहेका धेरै नेपालीभाषीहरूको उत्साहजनक भेला भएको थियो जसमा भरत दर्नाल, ललित दूतराज, सहदीप तामाङ, रञ्जित गजमेर, मुरलीधर, सुबोध चोपड़ा, विकास दूतराज, मणिकुमार तामाङ आदि थिए भने आयोजना समितिका प्रमुख कार्यकर्ताहरूमा इन्दु गजमेर (सभापति), रजनी थापा (उपसभापति), ज्योत्स्ना दियाली राव (सचिव) आदि प्रमुख थिए। यसै उपलक्ष्यमा बसिबियाँलोले प्रत्येक शुभोपलक्ष्यमा प्रदान गर्ने गाउँबूढ़ाको पदवीद्वारा मुम्बईमा दीर्घदिनदेखि नेपालीभाषी गोर्खाहरूलाई सहयोग पुऱ्याएर आइरहेको सुनखरी नेपाली महिला समाजको पक्षमा इन्दु गजमेरलाई प्रदान गरियो। कार्यक्रमको औसरमा बसिबियाँलो, कालेबुङको तर्फबाट गीत, नाच, नाटिका, कविता वाचन आदि प्रस्तुत गरिएका थिए भने मुम्बईका रैथाने नेपालीभाषीहरूले पनि आफ्ना रचनाहरू पाठ गरेका थिए जसमा रुपक गाउँवासी, प्रकाश पौड्याल, वीरेन्द्र आदि प्रमुख थिए। कार्यक्रमको अन्तिम दिन सुनखरी नेपाली महिला समाजका जाँगरिला नारी सदस्याहरूले बसिबियाँलो टोलीलाई माघे सङ्क्रान्तिको चाड़मा निम्त्याएर विदाई समारोहको आयोजना गरेका थिए।