Sunday, May 6, 2018


सामाजिक कार्यका लागि विचार मिल्नेहरू एक हुन आवश्यक

मुम्बईमा मासिक वैचारिक बसिबियाँलो सुरू हुने

मुम्बई - सिक्किमको राजधानी गान्तोकमा नब्बेको दशकमा सुरू भएको मासिक वैचारिक भेटघाटको कार्यक्रम बसिबियाँलो अब भारतको आर्थिक राजधानी मुम्बईमा पनि आयोजना हुने निश्चित भएको छ।
दाहिनेदेखि - विकास दूतराज, रामजी शिवाकोटी, युवराज न्यौपाने,
डा. निलाम्बर छेत्री, कमल सिँह, सकुन सिँह राई, स्वस्तिका छेत्री अनि हीरा छेत्री
गत 5 मईको साँझ यहाँका केही मनमिल्ने व्यक्तिहरूमाझ बसेको एउटा अनौपचारिक भेटघाटमा उक्त विषयमा आम सहमती भएको छ। मुम्बईको सान्ताक्रुज पूर्वस्थित अप्टिमा हलको साई चेम्बरको  डा. पी. एन. सिँह सेन्टर फर एचआरडी -मा सम्पन्न भेटघाट कार्यक्रमको आयोजना भयो। कार्यक्रममा स्वागत वक्तव्य प्रस्तुत गर्दै गत पैँतीस वर्षदेखि मुम्बईमा रहेर आइरहेका अनुभवी सामाजिक कार्यकर्ता विकास दूतराजले सभाको औचित्यबारे अवगत गराए। भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक कार्यकर्ता तथा मुक्त पत्रकार हीरा छेत्री (कालेबुङ) -ले बसिबियाँलो-को आवधारणाबारे उपस्थितवर्गलाई जानकारी गराए। बसिबियाँलो- को अवधारणाको स्वागत जनाउँदै उपस्थित व्यक्तिहरूले मुम्बईजस्तो व्यस्ततम सहरमा मनमिल्ने नेपालीभाषीहरूको नियमित भेटघाट हुन जरुरी रहेको अनुभव पोखे अनि यस मासिक वैचारिक कार्यक्रमलाई नियमित रुपले आयोजना गर्ने अठोट गरे। यति मात्रै होइन, बसिबियाँलो -को तर्फबाट मुम्बईमा केही सामाजिक अनि सकारात्मक क्रियाकलापहरू पनि हुनुपर्ने सबैले बताए। मुम्बईमा अस्थायी रुपमा नेपालीभाषीहरू मूलतः रोगोपचार गर्न, स्कुल-कलेज भर्ती हुन, काम खोज्न अनि घुम्न आउने गरे तापनि उनीहरूलाई यस महानगरीबारे उचित जानकारी र यहाँ आएर बस्ने-रहने व्यवस्थाको अभाव रहने गरेको कारण यस दिशामा केही कल्याणकारी कार्य गर्नुपर्ने उपस्थित सबैले अनुभव पोखे।कार्यक्रमलाई सम्बोधन गर्दै महाराष्ट्र नेसनल ल युनिभर्सिटीका सहायक प्रोफेसर डा. निलाम्बर छेत्रीले कुनै पनि भेटघाटको एउटा उद्देश्य हुनुपर्ने अनि त्यस उद्देश्य प्राप्तिका लागि सकारात्मक रुपमा सबै अघि आउनुपर्ने बताए अनि मुम्बईजस्तो व्यस्ततम महानगरीमा यसरी मासिक रुपमा भेटघाट हुनु एकदमै आवश्यक रहेको जनाए। उनले बसिबियाँलो -बारे धेरैअघिदेखि नै सुनेको जानकारी दिँदै यसलाई मुम्बईमा सञ्चालन गरेर केही सामाजिक कार्य गर्नसकिने बताए।यसरी नै सामाजिक कार्यकर्ता तथा सम्पादक (एएफभीई), गीत-सङ्गीतकार कमल सिँहले विचार मिल्यो भने सबै कुरा मिलेर जाने हुनाले सबैको एक विचार हुन जरुरी रहेको बताए अनि मुम्बईमा धेरैवटा नेपाली अनि गोर्खा संस्थाहरू रहेको सूचना दिँदै ती सबैले आ-आफ्नो प्रकारले कतिपय कामहरू गरिरहेको बताए। अन्तर्राष्ट्रिय नेपाली संस्कृति परिषद्को महाराष्ट्र राज्यका उपाध्य पनि रहेका सिँहले यसरी नै भविष्यमा बसिबियाँलो- लाई निरन्तरता दिएर अझ ठोस काम गर्न समाजको हितका लागि मनमिल्ने साथीभाइहरूलाई यस अभियानसित जोड़्नुपर्ने आवश्यकता बताए।                सिनेमाटोग्राफर (डब्ल्युआईसीए), संयुक्त नेपाली महासङ्घका साङ्गठनिक मन्त्री तथा सामाजिक कार्यकर्ता युवराज न्यौपानेले आफ्नो वक्तव्य प्रस्तुत गर्दै महिनामा एकपल्ट यसरी भेटघाट गरिनुपर्ने आवश्यकतालाई समयको माग बताउँदै आफु कतिपय संस्थाहरूसित संलग्न भएर काम गरिरहेको अनुभव बताए। यसरी नै उनले ठेट नेपालीपन बोकेको बसिबियाँलो-लाई नियमित आयोजना गरेर नयाँनयाँ युवाहरूलाई निमन्त्रणा गरी ठोस सामाजिक काम गर्नुपर्ने बताए।                नेपाली सांस्कृतिक परिषद् (महिला)-की महासचिव, सामाजिक कार्यकर्ता एवम् भोइस ओभर कलाकार श्रीमती सकुन राईले बसिबियाँलो-को उद्देश्यलाई हार्दिक रुपले स्वागत गरिन् अनि आफु मुम्बई आएपछि यसरी समयसमयमा नेपालीभाषीहरूको भेटघाट भइरहेको आन्तरिक इच्छा अघिदेखि नै पलाए तापनि अब भने बसिबियाँलो-ले सो तिर्खा पुरा गरिदिने आशा व्यक्त गरिन्।                युवा व्यवसायी रामजी शिवाकोटीले मुम्बईजस्तो महानगरीमा यसरी नेपाली भाषाको माध्यममा सभा डाकिनु अनि यसमा आफ्नो मातृभाषामा विचारहरूको आदान प्रदान गर्न पाउनु महत्त्वपूर्ण उपलब्धि हो भन्ने दाबी गर्दै बसिबियाँलो-लाई दिगो राख्नुपर्ने बताए अनि सामाजिक कार्यहरूलाई पनि यसले अघि बढ़ाउनुपर्ने जनाए।                सभामा न्यु मुम्बई, चेम्बुर, साकिनाका, पवाई, कान्दिवली, एन्टप हिल, घाटकोपर आदि स्थानका नेपालीभाषी मनमिल्ने व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने आगामी भेटघाटमा अझ धेरै व्यक्तित्वहरूलाई निमन्त्रणा गरेर सबैको विचार आदान-प्रदान गरिने तय गरियो।

Friday, May 4, 2018

धेरै दिनदेखि बसिबियाँलो-को यो ब्लग बन्द रहिरहेको थियो। यद्यपि पुनः यसलाई सञ्चालनमा ल्याउने सोचेर बसिबियाँलो-सा सम्पूर्ण सहयात्रीहरूलाई समयसमयमा यस ब्लगतिर पनि नजर दौड़ाउनु अथवा ब्राउजिङ गरिदिनु हुन र टिप्पणी आदि गर्नु हुन नम्रतापूर्वक अनुरोध छ।
धन्यबाद।

Monday, March 30, 2015


गुवाहटीमा आयोजित बसिबियाँलो-को 137 औँ प्रकरणमा.......

Thursday, December 4, 2014

बसिबियाँलो परिवारले चरित्र प्रकाशन अनि कालिम्पोङ टेलिभिजनसित मिलेर शहीद दुर्गा मल्लमाथि निर्मित फिल्मको प्रदर्शनी विभिन्न स्कुलतिर गर्ने भएको छ। यसो गरेर आफ्ना जातीय शहीदहरूबारे छात्रछात्रालाई जाग्रत गराउने ध्येय राखेको बसिबियाँलोलाई सबैले सहयोग पुऱ्याउनेहुने आशा राखेका छौं....।

Saturday, May 10, 2014

डा. हर्कबहादुर छेत्रीको पुस्तक लोकार्पित

129 औँ बसिबियाँलोको औसरमा कृतिका प्रकाशनको घरपटित्वमा चरित्र प्रकाशनको सहयोगमा आयोजित कार्यक्रममा विमोचन भएको डा. हर्कबहादुर छेत्रीको लेखसङ्ग्रह परिधिभित्र।
मोल रु. 200
पन्ना - 322
आकार - डिमाई
प्राप्तिस्थान - चरित्र प्रकाशन, कालेबुङ।
सम्पर्क 03552-255599

Saturday, May 3, 2014

आगामी बसिबियाँलो 10 मई दोस्रो शनिबारका दिन स्थानीय हिमालयन हुटेलमा दिउँसोको 1 बजीदेखि सुरू हुनेछ। बसिबियाँलोका सबै सहभागीहरूलाई हार्दिक निम्तो छ। धन्यबाद.

बसिबियाँलोका पुराना तस्वीरहरू.

गान्तोकमा सम्पन्न बसिबियाँलोमा आफ्नो विचार राख्दै हीरा छेत्री.
छेउमा बसेका - स्व. गङ्गा कप्तान, स्व. एन. बी. तिवारी, अरुण प्रकाश राई,
बुद्धिमान प्रधान बमप अनि विजय बान्तवा
टिस्टा (त्रिवेणी) मा सम्पन्न बसिबियाँलो

गान्तोकमा सम्पन्न पुरानो बसिबियाँलोमा

कालेबुङको फरेस्ट म्युजियनमा सम्पन्न बसिबियाँलो